• २०८० मंसिर २० बुधबार

बिरानो देशबाट

ज्ञानेन्द्र गदाल

ज्ञानेन्द्र गदाल

तिम्रो यादले सताउँछ, यो बिरानो देशमा
कत्ति पनि मन अडिन्न, नौलो परिवेशमा ।
––
बाध्यतामा परेर नै, घर छोडी आएँ
आफूलाई बिर्सिएर, अरूलाई रिझाएँ
कहाँ सक्नु जन्मिएको, माटोलाई भुल्न
साह्रै सकस हुँदोरैछ, परदेशमा फुल्न ।
तिम्रो यादले……
––
माटो उस्तै देखिएनि, बास्ना फरक लाग्ने
उता गुँडमा पस्ने बेला, यता आफू जाग्ने
जति मीठो खाए पनि, दम् छैन शरीरमा
फर्की जाउँ भन्छ यो मन, आफ्नै पाखा भीरमा ।
तिम्रो यादले…..


ज्ञानेन्द्र गदाल, फिक्कल, ईलाम, हालः कोलोराडो, अमेरिका ।
[email protected]