• २०८१ असोज २४ बिहीबार

गजल

जानकी गौतम

लुप्त अनि अघोषित प्यार छ हामीमा
सँगै हुन नसकिने जङ्घार छ हामीमा

अंगालोमा बेरिएर सँगै हुन नपाए नि
एकअर्कामा जिउने उस्तै आधार छ हामीमा

ऊ छ उता म छु यता छैनौ हामी समिपमा
माया अनि प्यारै प्यारको प्रहार छ हामीमा

रिस छैन डाहा छैन प्रेमरूपी मनोमानी
जिन्दगीको छुट्टै स्वाद बहार छ हामीमा

हृदयमा बसेपछि चाहिन्नरेछ भेटघाट
मित्रताको फराकिलो आकार छ हामीमा


(बाग्लुङ निवासी जानकी गौतम साहित्यप्रेमी हुन् ।)
[email protected]