• २०८३ असार २५, बिहीबार

दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ गीत सार्वजनिक

तनहुँ ।

गायक दिपेन्द्र खत्रीको नयाँ गीत ‘म पल्टनमा सानु’ सार्वजनिक भएको छ । नेपाली सेना र प्रहरी परिवारको भावनात्मक कथावस्तुलाई समेटिएको उक्त गीत हाल विभिन्न डिजिटल माध्यमबाट प्रसारण भइरहेको छ ।

गीतको शब्द तथा सिर्जना स्वयं गायक खत्रीकै रहेको छ । प्रत्यक्ष दोहोरी गायनमा परिचित गायिका आशा बिसीसँगको युगल स्वर रहेको गीतमा सेना तथा सुरक्षा निकायका परिवारले भोग्ने भावनात्मक पक्षलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । गीतमार्फत आफूलाई साङ्गीतिक क्षेत्रमा थप स्थापित गर्ने अपेक्षा रहेको गायक खत्रीले बताउनुभयो । उहाँका अनुसार गीतको कथावस्तु नेपाली समाज र सुरक्षा निकायका परिवारको यथार्थसँग जोडिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार निवासी खत्री लामो समय नेपाली सेनामा सेवा गरेपछि अवकाश प्राप्त गर्नुभएको हो । अवकाशपछि उहाँ साङ्गीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । गीतको म्युजिक भिडियो तनहुँ र कास्कीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । भिडियो रियल पिक्चर इन्टरटेनमेन्ट र देउराली इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।