• २०८१ श्रावाण ४ शुक्रबार

नेपाल प्रज्ञा- प्रतिष्ठान, काठमाडौँद्वारा ‘प्रज्ञा पुस्तक प्रदर्शनी’आयोजना

२०७९ मङ्सिर १५ गते देखि मङ्सिर २९ गते बिहीवारसम्म नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँद्वारा ‘प्रज्ञा पुस्तक प्रदर्शनी’ आयोजना गरिएको खबर छ । निमित्त कुलपति डा. जगमान गुरुङले ‘प्रज्ञा पुस्तक प्रदर्शनी’को शुभारम्भ गर्नुभएको हो । प्रज्ञा भवनको भानुभक्त कक्षमा भइरहेको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्रसँग सम्बन्धित महत्वपूर्ण नयाँ तथा पुराना प्रकाशनहरू पाइन्छन् । पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । प्रज्ञा प्रतिष्ठानले जारी गरेको सूचना अनुसार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बिदाका दिनमा समेत प्रदर्शनी खुल्ला हुनेछ ।