वसन्तवेला

काठमाडौँ ।
सञ्चारकर्मी गीता अधिकारी लिखित ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । मिलाप पब्लिकेशनले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ साहित्यकार, कथाकार माया ठकुरी, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह लगायतले पुस्तक सार्वजनिक गरे ।
पत्रकार उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय सङ्ग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाल लगायत थुप्रैको उपस्थिति रहेको थियो । कार्यक्रम लेखक अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई ‘मैले पढेका ५१ पुस्तक’मा समावेश गरेको बताइन् । उनले पुस्तकलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका अनुरोध गरिन् ।
त्यस्तै वरिष्ठ साहित्यकार, कथाकार माया ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा उनले स्थान दिएको बताइन् । उनले लेखकबाट आगामी दिनमा पनि धेरै पुस्तकको आस गरेको बताइन् । त्यस्तै वरिष्ठ साहित्यकार, कथाकार माया ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा उनले स्थान दिएको बताइन् । उनले लेखकबाट आगामी दिनमा पनि धेरै पुस्तकको आस गरेको बताइन् ।