• २०८३ असार २१, आईतवार

खुला राष्ट्रिय निबन्ध प्रतियोगिता–२०८३ः नेम्बाङ, पोखरेल र कडेल विजयी

काठमाडौं  ।

नेपाली लेखक संघसँगको सहकार्यमा जी.पी. कोइराला मेमोरियल कलेज, चाबहिलले आयोजना गरेको ‘खुला राष्ट्रिय निबन्ध प्रतियोगिता–२०८३’ मा लेखक धर्मेन्द्रविक्रम नेम्बाङ (पाँचथर) प्रथम भएका छन् ।

लेखकहरू डा. टीकाराम पोखरेल (दोलखा) द्वितीय र जानुकी कडेल (कास्की) तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीको सन्दर्भमा कलेजले ‘लोकतन्त्र र शान्ति स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान’ शीर्षकमा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता गरेको थियो । प्रतियोगितामा विजयीहरूलाई वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका थिए ।