• २०८३ असार १९, शुक्रबार

पारिजात कृति सम्मानका लागि आठ कृति छनोट

काठमाडौं  ।

पारिजात स्मृति केन्द्रले ‘पारिजात कृति सम्मान, २०८२’का लागि आठ कृतिहरूको छनोट सूची सार्वजनिक गरेको छ । छनोट गरिएका कृतिहरूमध्ये एक कृतिलाई ‘पारिजात कृति सम्मान २०८२’ प्रदान गरिने केन्द्रले जनाएको छ ।

केन्द्रद्वारा प्रेषित विज्ञप्तिअनुसार अग्निगर्भा (अर्चना थापा), अज्ञात (केशवराज ज्ञवाली), दहाड (नवीन अभिलाषी), बगावतनामा (रिमा केसी), मध्यको उज्यालो (भूपिन), विजयिनी (दीपा दाहाल), सलह (श्रवण मुकारुङ) र स्वस्पर्श (डा. नवराज केसी) छनोटमा परेका छन् ।