• २०८३ असार १८, बिहीबार

ताराको कवितासङ्ग्रह ‘जिर्मा लोकार्पित

काठमाडौं ।

सुनुवार राष्ट्रसेवक समाजले कवि तारादेवी सुनुवारद्वारा लिखित कविताकृति ‘जिर्मा’को विमोचन गरेको छ । उक्त अवसरमा समाजको दोस्रो स्मारिका पनि सार्वजनिक गरियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोसी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले कृति सार्वजनिक गर्दै सुनुवार समुदायका कर्मचारीहरूले इमानदार, जिम्मेवार भई समर्पणका साथ काम गर्दै आएको तथा समाज र राष्ट्र निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेको चर्चा गरे ।

सार्वजनिक कृतिमाथि डा. अशोक थापा, कुमारी लामा र अमरदीप सुनुवारले सार्वजनिक कविताकृतिले सुनुवार समुदायको भाषा, संस्कार, संस्कृति र सामाजिक जीवनका विविध पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको बताए ।आफ्नो सार्वजनिक कृतिबारे तारादेवी सुनुवारले ‘जिर्मा’ आफ्नै समाजलाई बुझ्ने, पढ्ने र अनुभूति गर्ने क्रममा सिर्जना भएका कविताहरू भएको बताइन् ।