मनोरम मङ्सिर महिनामा सोमराजले समाज साक्षी राखेर जीवनसाथी सरला लाई घरमा भित्र्यायो । बुहारीको आगमन सँगै सोमराजको परिवारमा खुशी र उमङ्गको माहोल छाएको थियो ।
एकपल नवदम्पती क्षणभर आँखाको रोमान्चकारी मौन सम्वादमा हराए ।
“आँखा नझिम्क्याई एकोहोरो टोलाएर के हेरेको, प्रिय । “दुलाहालाई दुलहीको प्रश्न थियो ।
“तिम्रो जादुयी सौन्दर्य । हामी जीवनको नयाँ मोडमा आइपुग्यौँ । अब मेरा उड्ने पँखेटा खसे, मायालु । म सुनको कारागारमा बन्दी बन्नपुगेँ ।”
दुलाहाले जवाफदियो ।
दुलहीले कोपिला मुस्कानको महक छर्दै कटाक्ष गरिन् ।
“के मेरा चाँही नयाँ पखेटा पलाए र । कि स्वतन्त्रताको नयाँ आकाशमा उड्न आइपुगेँ, पतिदेव ।”
सोमराजले सरलाको कटाक्ष प्रति कुनै प्रतिक्रिया जनाएन ।
बाबुराम न्यौपाने “उत्स” (दमक, झापा)
[email protected]