• २०८३ असार ८, सोमबार

उदय अधिकारीको ‘प्रेरणा वार्ता’ कृति विमोचित

काठमाडौं ।

साहित्यकार गोविन्द गिरी प्रेरणाको जीवनका अनेक आयामहरू समेटेर साहित्यकार उदय अधिकारीले लेखेको पुस्तक ‘प्रेरणा वार्ता’ सार्वजनिक गरिएको छ । कवि तथा गीतकार दिनेश अधिकारी, प्रमोद प्रधान, पवन आलोक, श्रीओम श्रेष्ठ रोदनलगायतले सार्वजनिक गरेका हुन् ।

गोविन्द गिरीलाई गरिएको प्रश्न र उनले दिएका उत्तर यस पुस्तकमा समेटिएको छ । जसमा मकवानपुरको टेक्करमा २०१५ सालमा जन्मिएर अहिले अमेरिका प्रवासमा रहेको र कतिपय जवाफ लस भेगासबाट दिइरहेको सन्दर्भसमेत उल्लेख छ । यो पुस्तक नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो ।