समाचार
काठमाडौं ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रकाशक अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलाई ‘लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारकासाथ नगद राशि २५ हजार रुपैयाँ समेत प्रदान गर्ने जनाएको छ ।
प्रतिष्ठानल ६५ वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको ‘रचना’ साहित्यिक पत्रिका सम्पादन प्रकाशक घिमिरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागेको अध्यक्ष विजयध्वज थापाले जानकारी दिए । लीलाध्वज थापा साहित्य सम्मानबाट यसअघि सत्यमोहन जोशी, वासुदेव त्रिपाठी, तारानाथ शर्मा, तुलसी दिवस, गोपीकृष्ण शर्मा, ज्ञानमणि नेपाल, प्रा. डा. दयाराम श्रेष्ठ र गीता केशरी सम्मानित भइसकेका छन् ।
