समाचार
काठमाडौँ ।
राजन अधिकारी र सम्झना भण्डारीको स्वरमा ‘रैछु माया लाएको रूनलाई’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम, पीडा, सम्झना र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतलाई बुधबार बेलुका दर्शक तथा श्रोतामाझ ल्याइएको हो । गीतको शब्द बाबुराम भट्टराईको हो भने संगीत राजन स्वयंले भरेका छन्। गीतले प्रेम र पीडाको कथा बोल्छ ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कृष्ण लामिछानेले गरेका हुन् भने राग स्टुडिओमा रेकर्डिङ भएको हो। गीत सार्वजनिकसँगै गायक तथा संगीतकार राजन अधिकारीले यो प्रेम विरहको गीत भएको बताए । ‘यो प्रेम र भावनाको गहिराइलाई समेट्ने गीत हो। माया गर्दा मानिसले भोग्ने खुसी, पीडा, प्रतीक्षा र सम्झनाका अनुभूतिलाई गीतमार्फत व्यक्त गर्ने प्रयास गरेका छौं,’ उनले भने, ’स्रोता दर्शकले रूचाउनुहुन्छ भन्ने अपेक्षा छ ।’
गायिका सम्झना भण्डारीले गीतको भावनात्मक पक्षले स्रोता दर्शकलाई छुने विश्वास रहेको बताइन्। ’गीतले विशेषगरी प्रेम र विछोडका अनुभूतिसँग जोडिएका श्रोताको मन छुने विश्वास छ,’उनले भनिन् । भिडिओ जेरी भण्डारीको निर्देशनमा तयार गरिएको हो। भिडिओमा जुना विश्वकर्मा र गायक राजन स्वयंले अभिनय गरेका छन् । छायांकन विवेक बि.के.ले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ मिलन बिश्वकर्माले गरेका छन् । ‘रैछु माया लाएको रूनलाई राजन अधिकारी अफिसियल युट्युबमा सार्वजनिक छ ।
