English Poem
सेसेल्स ।
साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित नियात्रा निबन्धसङ्ग्रह ‘नक्शामा नभएको देश’ पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा अफ्रिका लोकार्पण सम्पन्न भएको छ ।
एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज वि. क. तथा विशेष अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन रहेका थिए । कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्य सहित उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् ।
