समाचार
काठमाडौँ ।
’मुक्तकालय नेपालकोझ दोस्रो वार्षिकोत्सव तथा “महावीर विश्वकर्मा स्मृति सम्मान“ कार्यक्रम प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा भव्यताका साथ सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष निलाञ्जला भारद्वाज सभापति रहनुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि रामकाजी कोने हुनुन्हुन्थ्यो भने विशिष्टअतिथिहरूमा उषा शेरचन , ज्ञानु वाकर पौडेल, रमेश पौडेल, निर्मल पराजुली, राजेन्द्र् घिमिरे, मदन नेपाल तथा संस्थाका संथापक/संरक्षक सुनिल अधिकारी रहनुभएको थियो ।
संस्थाका सचिव देबी बास्कोटाको सटिक कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको “महावीर विश्वकर्मा स्मृति सम्मान“ बाट झापाका मुक्तककारअरुणा श्रेष्ठ ’अनु’ लाई नगद रु ५०,०००/– तथा सम्मानपत्रबाट सम्मानित गरिएको भावुक क्षण आजको कार्यक्रमको अविष्मरणीय क्षण महसुस गरिएको थियो िशारीरिक रूपमा सहाराविना हिंडडुल गर्नसमेत गाह्रो भए तापनि सशक्त मुक्तककारको रुपमा उनलाई नचिन्ने थोरै मात्रै होलान् ।
त्यसैगरी मुक्तकालय नेपाललाई अक्षयकोष वृद्धि गर्न आर्थिक सहयोग गर्नुहुने शिव हरि बगाले (रु. ५०,०००/–), कृष्ण आचार्य (रु. २०,०००/–) तथा तुलसी एन. चित्रकार (रु. १५,५५५/–) लाई पनि दोसल्ला ओढाएर मानार्थ आजीवन सदस्यताको कदरपत्रबाट सम्मान गरियो । यसरी सहयोग गर्नुहुने तेज बहादुर कार्की (रु. २०,०००/–) तथा भरत ल्होरुङ्ग (रु. १०,०००/–) उपस्थित हुन असमर्थ हुनुभएकोले उहाँलाई अर्को साल वार्षिकोत्सवमा सम्मान गरिने कुरा जानकारी गराइएको थियो । त्यसरी नै, ५/५ हजार रुपैया संस्थालाई सहयोग गरेर आजीवन सदस्यता लिनुहुने ३१ जनालाई पनि आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
