बुरुण्डीको कविता

जीवनको चक्रमा मानिस
कहिले पुग्छ कहाँ कहिले कहाँ
शायद आफैंलाई भुली दिन्छ होला
यो विशाल धराको छातीमा
हिंडछ मानिस पृथ्वीका छातीमा
एक पाइलामा अर्को पाइला मिलाएर
बीच गोरेटोमा लागिदिन्छ ठेस
अनि भन्छ- “अईया ! ”
करुण आवाज निकालेर
छाम्छ आफ्नो हातले दुखेको चोट
अनि भन्छ- “थुक्क किन आएछु यो ठाउँमा ”
सुमसुम्याऊँछ आफ्नो दुखेको ठाउँ
अनि देखाइदिन्छ टिलपिल आँशु आफ्नो आँखामा
केहि छिन ठिङ्ग उभिएर सोच्छ आफैं
अनि भन्छ “जीवनमा मानिसले ठेस न खाइ
ठुलो चोटलाई सानो मानेर न सही
कहाँ र कसरी अघि बडछ र ”
डिल्लीराम शर्मा संग्रौला