• २०८१ असोज २९ मङ्गलबार

अर्को शब्द

पीटर पाउलसेन

पीटर पाउलसेन

शब्दहरू मकहाँ फर्केर आँउछन्
र बुझ्न खोज्छन्
मैले तिनीहरूमा कुन अर्थ भरेको थिएँ ?

आफ्नो पूरा सामथ्र्यले
म उनीहरूलाई बुझाउन खोज्छु
तर उनीहरूले बुझ्दैनन्- मेरो कुरा ।

म उनीहरूलाई अर्को शब्दमा बुझाउन खोज्छु
तर परिणाम जस्ताको त्यस्तै ।

उनीहरू अविश्वासपूर्वक आँखा तर्छन्-
उनीहरूलाई लाग्दो हो-
म उनीहरूलाई गिज्याइरहेछु ।

अनुवाद: राजेन्द्र शलभ