• २०८१ माघ ९ बुधबार

साहित्यकार ध्रुव नेपालको निबन्धसंग्रह ‘सिके पो ! सार्वजनिक

काठमाडौं ।

साहित्यकार ध्रुव नेपालको निबन्धसंग्रह ‘सिके पो !’ एक समारोहबीच लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक साहित्यकार प्रा. डा. माधवप्रसाद पोखरेल लगायतले निबन्धकृति लोकार्पित गरे ।

कार्यक्रममा प्रा. डा. पोखरेलले निबन्धकार नेपालले सानासाना कुराबाट निबन्ध सुरु गरेर गम्भीर र गहिरा निष्कर्ष प्रस्तुत गरेको उल्लेख गरे । उनले कृतिमा समाजका पात्र र तिनका चरित्र उजागर भएको पनि बताए । सार्वजनिक कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रमोद प्रधानले निबन्धमा समसामयिक भोगाइ प्रतिविम्बित भएको बताए । अर्का समीक्षक डा. नवराज खतिवडाले नेपालका निबन्धमा दार्शनिक र मनोवैज्ञानिक विचारहरू सम्प्रेषित भएको उल्लेख गरे ।

मकालु ग्रुप अफ कम्पनीद्वारा आयोजित कार्यक्रममा कृतिकार कमला लम्साल, ध्रुव नेपाल, रामबाबु नेपाल लगायतले बोलेका थिए ।