• २०८१ बैशाख ७ शुक्रबार

साझा प्रकाशनले मनायो आफ्नो स्थापना दिवस

मङ्सिर, साझा प्रकाशनले आफ्नो स्थापना दिवस मनाएको छ । पुल्चोक ललितपुरस्थित राष्ट्रिय सहकारी विकास बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाइएको थियो । कार्यक्रममा विशेष अतिथि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले कोशकार प्राध्यापक नीलमणि ढुंगानालाई ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’का लागि २०७८ सालको साझा पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कृत कृति ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोशबारे प्रा.डा. माधव प्रसाद पोखरेलले प्रकाश पार्नुभएको थियो । साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले स्वागत गर्नुहुँदै साझा बिस्तारै आफ्नै लयमा जान थालेको र साहित्यकार र कर्मचारीले संयम अपनाउने हो भने पुरानै अवस्थामा फर्काउन सकिने बताउनु भयो । यसमा सबैको साथ र सहयोगको अपेक्षा राखेको कुरा व्यक्त गर्नुभएको थियो ।