संस्मरण

काठमाडौँ, २३ फागुन, २०७८
साहित्यकार विजय हितानको ‘मगर रिन्हाक’ (मगर जागरण) पुस्तक सार्वजनिक भएको छ । आदिवासी जनजाति आयोगका सदस्य मीन श्रीषले राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरेका हुन् ।
नेपाल मगर लेखक सङ्घले प्रकाशित गरेको पुस्तक मगर जातिको संस्थागत पहिचानका निम्ति विभिन्न चरणमा भए/गरिएका ऐतिहासिक कार्य समेटिएका छन् । त्यस कार्यमा लेखक स्वयं संलग्न रहेर आफ्नो अनुभव समेत समेटेका छन् ।
लन्डनको ग्रीनविच विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर तथा वातावरणविज्ञका रूपमा बेलायतमा कार्यरत बृटिस-गोर्खा सैनिकबाट अवकाश प्राप्त लेखक हितान वातावरण साहित्य र संरक्षण अभियानमा संलग्न छन् । हितानको यसअघि ‘ब्लु प्लानेट’ कथासङ्ग्रह, ‘बाग्मती ब्लुज’ कवितासङ्ग्रह, ‘इको उत्सर्जन’ निबन्धसङ्ग्रह, ‘थकित पृथ्वी’ कथासङ्ग्रह, ‘बिछोड अघिको रात’ कवितासङ्ग्रह, ‘जयबहादुर हितान: व्यक्तित्व र कृतित्व’, ‘सहिदको सपना’ नाटकसङ्ग्रह प्रकाशित छन् ।