दोलखामा एक कार्यक्रमको आयोजना गरि साहित्यकार सुशीला शर्मा (न्यौपाने) को उपन्यास भुमरी लोकार्पण गरिएको छ । साहित्यको विभिन्न विधामा कलम चलाउँदै आएका शर्माको भुमरी पहिलो उपन्यास हो ।
ग्रामीण तहका महिलाले विभिन्न बहानामा भोग्दै आएका समस्यालाई उजागार गर्ने क्रममा एउटा उपन्यास नै तयार भएको शर्माले जानकारी दिनुभयो । भाषण, गोष्ठी, तालिमले समस्या उठान गर्दा त्यत्ति महत्त्व राख्दैन तर कलमको माध्यमले सजिलो र सहज तरिकाले समस्या उजागार गर्न सकिने भएकाले उपन्यास तयार पारिएका थिए ।
उपन्यास विमोचन समारोह भानु–विद्यापति साहित्य प्रतिष्ठान दोलखाका अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षता र भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य र पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाईले मन्तव्य व्यक्त गर्नुभएको थियो । शर्माको यसअघि परिवेश भित्रका मान्छेहरु पूर्णाङ्की नाटक, गन्तव्य पूर्णाङ्की नाटक र सहयोगी हातहरू एकाङ्की नाटक प्रकाशित छन् ।