• २०८३ जेष्ठ १४, बिहीबार

तेजप्रकाश श्रेष्ठको ‘जाँगरको कल्पवृक्ष’ कवितासंग्रह प्रकाशित

काठमाडौं ।

साहित्यकार तेजप्रकाश श्रेष्ठको कविताकृति ‘जाँगरको कल्पवृक्ष’ प्रकाशित भएको छ । यसअघि चार कविताकृति र दर्जनौँ विभिन्न विधाका कृति प्रकाशित गरिसकेका श्रेष्ठको यो पाँचौँ कविताकृति हो । ६५ कविताहरू समेटिएको यस कृतिलाई सुनकोसी वाङ्मय प्रतिष्ठान, काभ्रेपलान्चोकले प्रकाशित गरेको हो ।