• २०८१ कातिर्क ३० शुक्रबार

निरौलाका कृतिहरूको लोकार्पण

काठमाडौँ/फागुन ६ गते २०७८

फागुन ५ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको आयोजनामा अनेसास केन्द्रकी सचिव साहित्यकार विमला ढुङ्गानाका ‘ओथारो बसेका सपनाहरू’ र ‘काव्य पराग’ नामक दुई कृतिहरूको लोकार्पण सम्पन्न भयो । अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्व आयोजित समारोहमा दवबै कृतिहरू वरिष्ठ कवि तुलसी दिवस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार राधेश्याम लेकाली, साहित्यकारहरू रामकुमार पाण्डे, दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी, प्राडा खगेन्द्र लुइँटेल, अनेसासकी केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, सदस्य रेणुका थापा र अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

लोकार्पित दुवै कृतिका बारे साहित्यकार दामोदर पुडासैनी र डा. शान्तिमाया गिरीले आआफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष सन्ध्या पहाडी, साहित्यकारहरू राधेश्याम लेकाली, रामकुमार पाण्डे, प्राडा खगेन्द्र लुइँटेल र वरिष्ठ रङ्गकर्मी मदनदास श्रेष्ठले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

अनेसास नेपाल कार्यसमिति उपाध्यक्ष राजेन्द्र केसीले अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले पठाएको मन्तव्य वाचन गरेका थिए भने लोकार्पित कृतिबाट अनेसास पुरस्कार समितिकी सदस्य दीपा राई पुन (अमेरिका) र सुमन वर्षाले कविता वाचन गरेका थिए ।