• २०८३ जेष्ठ ३, आईतवार

बानिका प्रधानको ‘तिम्रो-मेरो’ सार्वजनिक

काठमाडौं ।

गायिका बानिका प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । भुषण खरेलको शब्दरचना रहेको गीत ‘तिम्रो–मेरो’मा संगीत न्ह्यू बज्राचार्यको छ । गीतमा संगीत संयोजन प्रज्वल लामाको छ ।

गीत प्रेमको आत्मीय सम्बन्ध र त्यसको मिठो सम्झानामा केन्द्रित छ । विगतका सम्झना कोट्याउँदा त्यसले फेरि दिने पीडाको वरिपरि घुम्ने गीतले छुट्टिसकेको सम्बन्धलाई चलाउन नहुने उल्लेख छ । कतिपय सम्बन्ध छोडेर गए पनि नमेटिने यथार्थको मर्मलाई गीतले पक्रिएको छ ।