• २०८३ जेष्ठ १०, आईतवार

लिलाराज काम्बाङको ‘मेरो खबर’ सार्वजनिक

गीतकार लिलाराज काम्बाङको ‘मेरो खबर’ सार्वजनिक भएको छ। ‘मेरो खबर’ गीत विमला खजुम लिम्बू यु ट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतले नारीमाथि हुने हिंसा र शोषणविरुद्ध सशक्त रूपमा आवाज उठाएको छ ।

शंकर थापा ‘स्माइल’ को कम्पोज गरेको उक्त गीतलाई विषम आचार्यको एरेन्ज गरेका हुन् । लोकप्रिय गायक शान्ती श्री परियारले सुमधुर स्वरमार्फत उक्त गीतलाई जीवन्तता तुल्याएकी छन् । याङवरूप एफएमका संस्थापक सदस्य गीतकार समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय देखिन्छ ।