• २०८१ फागुन १ बिहीबार

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०’ घोषणा

काठमाडौं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसर पारेर ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार- २०८०’ घोषणा गरेको छ । सोमबार प्रतिष्ठानमा १४औं वार्षिक उत्सव मनाउँदै प्रतिष्ठानले सो घोषणा गरेको हो । सो प्रतिष्ठानको कुलपति कुलपति निशा शर्माले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० का लागि छनोट भएका स्रष्टा तथा सर्जकको नामावली सार्वजनिक गरेकी हुन् ।

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० का लागि चयन भएका स्रष्टामा शास्त्रीय संगीत विधातर्फ वरिष्ठ संगीत साधक चन्दनकुमार श्रेष्ठ, संगीत विधातर्फ वरिष्ठ गायिका तारा थापा, लोक संगीत विधातर्फ बमबहादुर कार्की रहेका छन् । यस्तै रंगमञ्च विधातर्फ वरिष्ठ नाट्यकर्मी तथा अभिनेता हरिहर शर्मा, नृत्य विधातर्फ जोगेन्द्र केसी, नाटक विधातर्फ नाट्यकर्मी गोपाल देवान रहेका छन् । यी स्रष्टालाई एक समारोहबीच चाँडै नै जनही १ लाख रुपैयाँसहित यो पुरस्कार राष्ट्रपतिको हातबाट प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले कार्यक्रममा ६ जना पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै यो पुरस्कारले सम्बन्धित स्रष्टामा अझ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । मन्त्री तामाङले १४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेका उपलब्धि, सम्पन्न गर्न बाँकी रहेका काम’दयगत समीक्षा गर्नुपर्ने बताए । प्रज्ञा प्रतिष्ठानका लागि मन्त्रालयबाट आगामी आर्थिक वर्षमा सम्बोधन गरिनुपर्ने विषयमा आफू र मन्त्रालय सकारात्मक रहेको पनि उनले बताए ।

कुलपति शर्माले प्रज्ञा–प्रतिष्ठान स्रष्टा तथा सर्जकको संस्था भएकाले उनीहरूको सल्लाह र सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् । समारोहमा उनले प्रतिष्ठानको एक वर्षको उपलब्धिको पनि चर्चा गरिन् । कार्यक्रममा स्वागत् मन्तव्य दिँदै उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानको अवसर र चुनौती’दयगत चर्चा गरे । प्रज्ञा प्रतिष्ठानसँग विविध कार्यक्रम आयोजना गर्न सुविधा सम्पन्न प्रेक्षालयको अभाव रहेको उनले मन्त्री तामाङलाई अवगत गराए ।

प्रज्ञा–प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराले आफूहरू आएपछि प्रतिष्ठानले गरेको कार्य’दयगत भिडियो चित्र प्रस्तुत गर्दै कार्यक्रममा सम्मानित व्यक्ति’दयगत प्रकाश पारिन् । सो वार्षिकोत्सव कार्यक्रमका अवसरमा नाटक, नृत्य र संगीतका क्षेत्रमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान पुरयाएका संस्था तथा स्रष्टालाई सम्मान गरियो । जसमा संस्थागततर्फ नृत्य निर्देशक संघ नेपाल, माला आर्टस् एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भए । यस्तै व्यक्तिगततर्फ अग्रज नृत्यकर्मी नारायणदेवी प्रधान, राधेश्याम प्रधान, केपी पौडेल, अग्रज रंगकर्मी वीरेन्द्र हमाल, अग्रज गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, अग्रज संगीतकर्मी संगीता प्रधान, अग्रज गायिका कुन्ती मोक्तान, अग्रज नाट्यकर्मी अविनाश श्रेष्ठ, अग्रज नाटक निर्देशक अशेष मल्ल, संगीतकर्मी रुपकुमार राई, अग्रज नाट्यकर्मी बद्री अधिकारी र अग्रज संगीतकर्मी विष्णु अधिकारीलगायतलाई सम्मानित गरियो ।

कार्यक्रममा प्राज्ञ परिषद् सदस्य कर्णबहादुर गौतम तथा गायिका केशरी घर्तीले गण्डकी क्षेत्रमा प्रचलित ठाडो भाका गाएर कार्यक्रमलाई संगीतमय तुल्याए । त्यस्तै, नृत्य निर्देशक संघ नेपालका कलाकारद्वारा राष्ट्रिय भावनाको गीत तथा लोकगीतमा नृत्यसमेत प्रस्तुत गरियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य कृष्ण अधिकारी, कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय जनसांस्कृतिक संघ नेपालका कार्यवहाक अध्यक्ष भीम कुमाखी मल्ललगायतले वार्षिकोत्सवका अवसरमा शुभकामना दिएका थिए ।