• २०८१ फागुन २ शुक्रबार

रामहरी फर्केनन्

इन्द्रेणी शर्मा जलद

इन्द्रेणी शर्मा जलद

समाजमा देखिएको अन्याय अत्याचारको बारेमा धेरै समाचार बनाए पेशाले उनी हाइस्कूलका शिक्षक हुन । साहित्य र संचार उनको रूचिको विषय थियो । देश खाई शेष भएका रामहरिलाई उनका समकालीन दौतरी कत्ति मन पराउँदैन्थे ।
स्कूलका धेरै विद्यार्थीहरू रामहरीको फ्यान नै थिए । गुरूको रूपमा आदरणीय मानिन्थे । अन्य शिक्षकलाई कत्ति मन लाग्दैनथ्यो र भन्थे हाम्रा रामहरि सर के भएका हुन् कुन्नि ? विद्यार्थीलाई पढाई र अनुशासनको कुरा सिकाउनु नि ! बडो जान्ने पाँगको ब्लाटो मै जान्ने मै सुन्ने भने झै अनेकौँ कुरा सुनाउँथे ।
सामाजिक सुरक्षा र चेतनाको बारेमा किशोरीलाई राम्रो शिक्षा दिने पुस्तक प्रकाशित गरेका थिए यो पुस्तकले समाजका धेरै पुरूषको यौन जीवनको पर्दाफास गरेको थियो । त्यसैले आफन्तहरू पनि नजीक पर्न डराउँथे ।
राम्रो काम गर्नु भयो भने यो समाजले दुःखदिन थाल्छ । जोरी पारी प्रतिशोध लिनको लागि सदैव तत्पर रहन्थे । नभन्दै एकदिन साँझपख रामहरिको अगाडि एक युवक देखा पर्यो । उसले धम्काउँदै भन्यो “हेर्नुस् यो जिन्दगानी तपाईंलाई प्यारो लाग्छ भने भोलि नै यो गाउँ ठाउँ छोडेर मुग्लान पस्नुस यो माथिको आदेश हो बुझ्नु भयो ।”
रामहरिले त्यो युवकको बारेमा जानकारी लिए । धेरै कुरा भए दुबैको कुरा भयोे । जो जसबाट धम्की आएकोथ्यो उनीहरूको हत्या गरियो । रामहरि चुपचाप गाउँ छोडेर भुमिगत भए युवकको खोजि गरियो । अरूलाई खनेको खाल्टोमा आफैँ परेका थिए धेरै अपराधि मानसिकता बोकेका मानिसहरू ।
युवकले सम्बन्धित परिवारजनलाई मृतकको बारेमा भएका कुराकानीको भिडियो रेकर्ड समेत प्रेषित गरेको हुन्थ्यो ।
सबै आरोप रामहरिलाई लगाइएको थियो । वास्तविक कुरा जन- जीवनको विषय बनिसकेको थियो । युवकले सप्रमाण देखाए पछि समाजका अपराधि सोच बोकेकाहरू थर्कमान बनेका थिए । अब आइन्दा अर्काको अहित र कुभलो गर्नेहरूको कारबाहीले सामाजमा विवेकको भावना जागेको थियो । बल्ल रामहरिको खोजी गरिँदै थियो । युवक कहिल्यै देखा परेन उसको क्रियाकलाप दिनहुँ समाजको नजीक हुने गर्थ्यो । निर्मला जस्ता किशोरीको जीवनमा अपराधीको सेल्टर मेटीसकेको थियो । समाज पूर्ण रमाइलोमा रमेको थियो समाजको मैलो हटिसकेको थियो ।
आज रामहरि युरोपको कुन कुनामा छन् कसैलाई पत्तो छैन ।
किशोरले सम्झिरहेछ रामहरि सरलाई । खै कहिले फर्कने हुन् कुन्नि ? थाहा छैन, समयले धेरै हिउँद बर्षा गरायो तर समाजलाई रामहरि सर कति सान्दर्भिक छ बुझ्ने कसले युवक सधैँ सोचिरहन्थो ।


इन्द्रेणी शर्मा जलद, लन्डन बेलायत
[email protected]


जीवन–चक्र

दृष्टिकोण

तुम और अपना गाँव