हिन्दी कविता
काठमाडौँ ।
फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिको आयोजनामा अमेरिकामा सातौं संस्करणको ‘एफएलएफ अवार्ड’ हुने भएको छ । भाषा सस्कृतिमा निर्माण भएका फिल्म र म्युजिक भिडियोहरूको सहभागिता रहने यो अवार्डमा अंकित शर्मा, विनोद शेरेङ, आशिष लिङ्देन, याशेली योङहाङ र वसन्ती राई निर्णायक छन् । आयोजकले अवार्डमा मनोनयनमा परेका कलाकारहरूको नाम पनि सार्वजनिक गरेको छ। जसअनुसार नायकमा रोहित रुम्बा, सोम लामा, रुद्र पाहिम, उमेश गुरुङ, नायिकामा लक्ष्मी योङहाङ, विमला खाजुम, निश्मा जिमी, विपना आङबुहाङ, पुष्पाञ्जली लिम्बु मनोनयनमा परेका छन् ।
त्यस्तै गायनमा भीम मगर, जेपी नेम्वाङ, शम्भु फोम्बो, डिआर हाङसरुम्बा, मिरा फियाक, निरन्ता नेम्वाङ, मनु नेम्वाङ, एन्जिला नेम्वाङ, राजकुमार लिङदेन, पुर्ण सेलिङ, नन्दु तुम्बापो मनोनयनमा छन् । यस्तै निर्देशनमा सागर केरुङ, दिपक तामाङ, द्वन्द्वमा पुन्य ओझा, बाबु तामाङ, नृत्यमा दिनेश माङमु, जनक कार्की, एन्जल तामाङ मनोनयनमा छन् । फिल्ममा भने नाकछुङ, तङसिङ, चे आदि मनोनयनमा परेका छन् ।
