• २०८३ बैशाख ३१, बिहीबार

‘लीलबहादुर क्षत्री: व्यक्ति एक, स्मृति अनेक’ प्रकाशित

काठमाडौं  ।

चर्चित आख्यानकार लीलबहादुर क्षत्रीको स्मृतिमा ‘लीलबहादुर क्षत्री ः व्यक्ति एक, स्मृति अनेक’ प्रकाशन गरिएको छ । साहित्यकार क्षत्री र उनका अनेकौँ कृतिका विषयमा नेपाल र भारतका विभिन्न लेखकले लेखेका रचना यो ग्रन्थमा समावेश छ । क्षत्रीको निधन ०८१ फागुन २९ गते असमको गुवाहटीमा भएको हो ।

डा. खगेन शर्मा र पल्लव क्षत्रीद्वारा सम्पादित यो स्मृतिग्रन्थलाई असमको पंकज–पल्लव प्रकाशनले प्रकाशन गरेको हो ।