• २०८१ बैशाख १६ आइतबार

सरू ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहको अन्तर्क्रिरया सम्पन्न

सिसार साहित्य परिवार काठमाडौँको आयोजनामा गजलकार सरु ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहको अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भयो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सिसार पत्रिकाका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सनतकुमार वस्तीले सरुका गजल रसात्मक भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेमनाथ घिमिरे, सिर्जना ज्ञवाली, डा गोविन्दमान सिंह कार्की, डा मेघनाथ ढकाल, मनोज ज्ञवाली, राजन न्यौपानेलगायतले लेखकलाई शुभकामना दिनुभयो । वीरेन्द्र मालाकार, सुशीला शर्मा, लक्ष्मी ढकाल, सूर्य न्यौपानेलगायतले सरुका गजल वाचन गर्नुभयो । लेखककी आमा लक्ष्मी ज्ञवाली र बुबा मेघराज ज्ञवालीले आशीर्वाद दिनुभयो ।

सभापति ज्ञाननिष्ठ ज्ञवालीले २०३५ सालदेखि चार अङ्क निस्केर बन्द भएको सिसार पत्रिकालाई २०६४ सालदेखि पुनः प्रकाशित गरी २० अङ्कसम्म पुगेको सिसारको इतिहास उल्लेख गर्नुभयो । साथै सिसारले विविध साहित्यिक गतिविधि र स्रष्टा सम्मान गर्दै आएको कुरा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन साहित्यकार सुशीला ढकाल अधिकारीले गर्नुभएको थियो ।