• २०८१ असोज २९ मङ्गलबार

म बाटो

लक्ष्मी राई

लक्ष्मी राई

म बाटो
चाहे मार अहङ्कारको लात
मेरो शिर माथि
चाहे पेल निरङ्कुश को चक्काले
मेरो छाती माथि
या, थाप
तिरस्कारको एम्बुस मेरो मुटुमा
चुपचाप वेपर्वाह म सहि दिउँला
तिम्रा अनेक उदण्डताहरू
र पनि त फेरी,
पुरयाउन तिमीलाई नै गन्तव्यमा
सदियौं देखि लम्पसार छु
म बाटो ।


लक्ष्मी राई, भोजपुर, हाल : जापान
[email protected]