सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई सम्मान - Aksharang
  • २०७९ जेठ ८ आइतबार

सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई सम्मान

काठमाडौँ, वैशाख २५

नेपाल प्रज्ञा- प्रतिष्ठान, कमलादीमा एक समारोहका बीच उपलब्धि साहित्य उपसमितिले आयोजना गरेको ‘उपलब्धि आख्यान दिवस- वैशाख २५’का अवसरमा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित ‘दीप–गोविन्द स्मृति कोष’बाट अर्पण गरिने चार पुरस्कार तथा सम्मान मध्ये साहित्यकार सुमन वर्षाको अन्ततः यन्त्रणाः उपन्यासका लागि ध.च.गोतामे स्मृति सम्मान–२०७८ ले सम्मान गर्ने निर्णय गरेको छ । उक्त सम्मान उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवस, २०७९ साउन ७ गतेका दिनको समारोहमा समर्पण गरिनेछ ।