• २०८१ बैशाख ८ शनिवार

को दिन्छ मलाई भोट

प्रेमवली ढकालपुरे

प्रेमवली ढकालपुरे

को दिन्छ मलाई भोट
जो जो बिक्रिमा छ सबलाई किन्छु
को दिन्छ मलाई भोट
एक परिवारलाई एक लाख नै दिन्छु ।

चुनाव खर्च भनेर बिकासै नगरी कमाछु
टिकट पनि कन्फर्म छ मेरो त
किनकी पार्टिलाई बोरै लगेर थमाछु
गाऊ, टोल, क्षेत्र नै किन्छु
को दिन्छ मलाई भोट
एक भोटको दश हजार नै दिन्छु ।

पैसो भए पछि बिकास कलाई चाहिन्छ ?
हेर्नुस यस्तो मौका फेरी फेरी कहाँ पाईन्छ ?
को गर्छ मेरो प्रचार
पेट्रोल, गाडी, जाड रक्सी फ्री छ
को दिन्छ मलाई भोट
भोट हाल्न जादा मासु भात फ्री छ
जो जो आउछ, गाऊ, पालिका नै किन्छु
एक लाखको के कुरा म दुईलाख नै दिन्छु ।


प्रेमवली ढकालपुरे
[email protected]


भानुभक्तको आदिकवित्व सङ्क्षिप्त चर्चा

मुखुण्डो

बुझाई

जात- बिरादरी