लघुकथा
काठमाडौं ।
उपन्यासकार रेबी बज्राचार्यको उपन्यास ‘प्यारी छोरी माया’ लोकार्पण गरिएको छ । सोमबार पाटनमा आयोजित समारोहमा कथाकार ध्रुव मधिकर्मी, अधिवक्ता विष्णु बस्याल र सामाजिक अभियन्ता राजाराम तण्डुकारलगायतले कृति लोकार्पण गरे ।
कृतिमाथि समीक्षा गर्दै कथाकार मधिकर्मीले उपन्यासले स्वच्छ र हिंसामुक्त समाजको पक्षमा स्पष्ट सन्देश दिएको बताए । उनले समाजमा बढ्दो हिंसा र यातनाबाट पीडित महिला तथा बालबालिकाप्रति अभिभावकीय जिम्मेवारी, न्याय र संवेदनशीलताको आवश्यकता औँल्याएको उल्लेख गरे ।
उपन्यासकार बज्राचार्यले देश–विदेशमा महिलामाथि भइरहेका हिंसा र विभेदका घटनाले आफूलाई प्रभावित पारेकाले त्यसलाई साहित्यमा उतारेको बताइन् । सिर्जना अभियान समाजले प्रकाशन गरेको उपन्यास महिला तथा बालबालिकामाथि हुने हिंसा र यौन शोषणको विषयमा केन्द्रित छ ।
