• २०८३ बैशाख २०, आईतवार

श्याम रिमालद्वारा लिखित कविताकृति ‘लाभा’ प्रकाशन

काठमाडौं ।

साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित कविताकृति ‘लाभा’ प्रकाशनमा आएको छ । गत भदौमा भएको जेनजी आन्दोलनमा केन्द्रित रहेर उक्त कविता लेखिएको उनले जानकारी दिएका छन् ।

विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नयाँ पुस्ताप्रति समर्पित जेनजी कविताकृतिलाई कृतिकारकी ९२ वर्षीया आमा चेतकुमारीले प्रकाशित गरेकी हुन् ।

कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्गृहीत छन्, जसले भदौ २३ र २४ लाई संकेत गरेको बताइएको छ । साहित्यकार रिमालका गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास पनि प्रकाशित छन् ।