सुकर्म गर्नु छ यहाँ सुधर्म गरी मर्नु छ
संसार बदल्नु छ, सुरु आफैँबाट गर्नु छ ।
ज्योति टिप्न चन्द्रमाको आकाशमाथि उड्नुपर्छ
टिपी ज्योति सुगन्ध छर्दै धर्तीमाथि गुड्नुपर्छ
सन्देश छर्नु छ यहाँ उज्यालो छरी मर्नु छ
संसार बदल्नु छ, सुरु आफैँबाट गर्नु छ ।
मोती टिप्न सागरको समुद्रभित्र डुब्नुपर्छ
टिपी मोती दुर्गन्ध हर्दै धर्तीमाथि कुद्नुपर्छ
अज्ञान हर्नु छ यहाँ अँध्यारो हरी मर्नु छ
संसार बदल्नु छ, सुरु आफैबाट गर्नु छ ।
डम्बर बिकेल