• २०८२ असार २० शुक्रबार

विभिन्न सम्मान तथा पुरस्कारको घोषणा

काठमाडौँ/ १ चैत २०७८

पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्ने यस वर्षका पुरस्कार तथा सम्मानको घोषणा गरेको छ। प्रतिष्ठानले प्रदान गर्ने ‘पुष्पपराग वर्ष- सम्मान’का लागि साहित्यकार बखतबहादुर ‘तिलकुमारी खड्का स्मृतिपुरस्कार’ आख्यानकार भागीरथी श्रेष्ठ; ‘नील- गङ्गा भाषासाहित्य पुरस्कार’ प्रा. डा. योगेन्द्र यादव; ‘पद्मावती गीतसङ्गीत पुरस्कार’ गायिका लोचन भट्टराई; ‘शुक्रमन्दिर लोकसाहित्य पुरस्कार’ सङ्गीतकार बादल लिम्बू, ‘मुना स्मृति आख्यान पुरस्कार’ साहित्यकार बि.के. पाल्पाली, (मरणोपरान्त),‘कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार गीतकार तथा गायक सुरेश शाही र ‘परम्माया-कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार’ भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै गीतसङगीतका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापतवरिष्ठ गायिका ज्ञानु राणालाई ‘मानार्थ सदस्यसम्म्मान’ र कथा विधामा योगदान पुर्याएबापत मन्दिरा‘मधुश्री’ लाई ‘पुष्पपराग युवासाहित्य पुरस्कार प्रदान गरिने भएको छ ।