• २०८१ माघ १ मङ्गलबार

अनुरोध

हरमन हेस

हरमन हेस

जब राख्छौ तिमीले
आफ्नो हात मेरा हातमा
आफ्नो यति धेरै
नभनिएका कुराहरू भनिदिन्छ ।
मैले कहिल्यै सोधेँर तिमीलाई
के तिमी मलाई माया गर्छौ ?

म चाहन्न, तिमी मलाई माया गर
म त यति मात्र चाहन्छु, म तिमीलाई राम्ररी चिन्न सकौंँ
र कहिलेकाहीँ तिमी चुपचाप, बिस्तारै
आफ्नो हात मेरा हातमा राखिदिनू ।

अनुवाद:  राजेन्द्र शलभ