स्विजरल्यान्डको कविता

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सवमा देश विदेशका विभिन्न ठाउँबाट सहभागी भएका प्रतियोगी कविहरु मध्ये पाँचजना कविहरु छनौट भएका छन् । टिका आत्रेय प्रथम, संकल्प शीर्षकको कविता, सुनसरी, यात्रिप्रकाश पाण्डे दितीय ‘आगोमा फुलेका फूल’ धादिङ, सीता तुम्खेवा तृतीय,‘चरिसो फूल’ भक्तपुर, किरण सिवा, तृतीय, ‘बुबाको सिलाइ मेसिन’ सुनसरी र कमलराज के.सी. तृतीय ‘सपना उम्रन्छ माटोमा’ अछाम । कविता छनोट समितिको पहिलो चरणको मुल्याङ्कन अनुसार तीस जना कविहरुको छनौट भएको थियो । सम्पुर्णमा हार्दिक बधाइ !