• २०८३ बैशाख २०, आईतवार

बीडी त्यागीको २३औँ स्मृति दिवसको अवसर विभिन्न स्रष्टालाई सम्मान

काठमाडौं ।

साहित्यकार बीडी त्यागीको २३औँ स्मृति दिवसको अवसर पारेर बीडी त्यागी स्मृति केन्द्रले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यस वर्षको ‘नेपथ्य सम्मान’ गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई उनले गरेको साहित्यिक योगदानको कदर गर्दै प्रदान गरियो ।

केन्द्रले साहित्यकारहरू नरनाथ लुइँटेल, महेन्द्र चालिसे, देवीप्रसाद चापागाईं, प्रदीप सापकोटा र ललिता श्रेष्ठलाई घोषित सम्मान प्रदान ग¥यो ।कार्यक्रममा साहित्यकार वेदमणि घिमिरे, शंकर भारती र स्मृति केन्द्रका संरक्षक तथा त्यागीकी पत्नी गौरी आचार्यले सम्मानपत्र प्रदान गरे । केन्द्रका अध्यक्ष कृष्ण आचार्यसहित सम्मानित व्यक्तित्वहरू रिसाल, चालिसे, चापागाईं, सापकोटा, श्रेष्ठ र गरिमा लुइँटेलले आफ्ना धारणा राखे ।