ए
दुख्यो
चौ प ट्टै
मन – मुटु
मेरो देशको
पट्ट फुट्ला जस्तै
मथिङ्गलको पीडा
तीन धार्नीको टाउको
थामिनसक्नु छ कसैले
कालले पो पर्खोस् कतिसम्म !
हुन्छ हुर्मत लिने काम
यत्र – तत्र – सर्बत्र नै
चोरी लूट वा हत्या
थेग्नै गाह्रो हुनु
उफ् विडम्बना
स्खलित छ
निथ्रिई
देश
यो !
खेमलाल पोखरेल