कविता
मनको खेल जब हुन्छ मतिसँग
साथी म हार्नु पर्छ श्रीमतीसँग
आमा तिम्रै वीरताले जन्मेको हुँ म
डराउनु पर्दैन मलाई वीरगतिसँग
माया लगानी गर्छु ब्याज आउँछ
किन डाह गर्छौ मेरो सम्पत्तिसँग
एक अवसर देऊ देश ! म आउँछु
हैन भने क्षमाप्रार्थी छ सन्ततिसँग
मनको घाउलाई मायाको मलम चाहिन्छ
निको हुन्न बजारका ओखतीसँग
मरेपछि के लान्छौ दिएनन् जवाफ
सवाल यो सोधेँ ’मै हुँ’ भन्ने जतिसँग ।
विद्यानन्द बेदर्दी
अग्नीसाइर कृष्णासवरन-४, सप्तरी