• २०८१ चैत ६ बिहीबार

किरात राई संघर्षशील पत्रकारिता पुरस्कार कुम्भराज र गजेन्द्र राईलाई

किरात राई पत्रकार संघको १६ औं स्थापना दिवशको अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कान्तिपुरका ओखलढुंगा संवाददाता कुम्भराज राई र उदयपुरमा क्रियाशील गजेन्द्र राई ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको हो । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, संघका अध्यक्ष अवतार राईले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ ।