• २०८३ बैशाख १७, बिहीबार

चेतन काफ्लेका तीन मुक्तक

चेतन काफ्ले

चेतन काफ्ले

उल्लासमय बनोस् सबमा नव वर्ष,
छाओस जनजनमा उत्सव र हर्ष
विश्वभर शान्ति स्थीर रहिरहोस्
मनदेखि स्वीकारुन सबले सहर्ष ।

जिज्ञासा र कौतुहलले चाख्ने रहर भो,
बुझदा त त्यो कुलत भएको ठहर भो,
फसिसकेपछि उम्कन मुस्किल रहेछ
लहड र संगतले जिन्दगी नै जहर भो ।

मेरो भोटको कारण राष्ट्रको शान तल पर्दै नपरोस्,
मेरो मतले कसैको आँँखाबाट आँसु झर्दै नझरोस् ।
वादै–वादका ठेली देखाएर देश लुट्नसम्म लुटे-
पुरानाहरुको नराम्रो छवि नयाँमा सर्दै नसरोस ।


चेतन काफ्ले
हालःसाउथ ल्याण्डफिल्ड,न्युजर्सी,अमेरिका ।