समाचार
के सही छ के गलत छ आफैं बिचार गर
इन्कार गर्नुपने चिज पहिल्यै इन्कार गर
आफैंलाई भुलेर प्रेम गर्नु, मुर्खता हो छोरी
सबै भन्दा पहिला आफुलाई प्यार गर
तिब्र गतिमा नबढ ए ! फलामका मान्छेहरु
यो दिल सडक होइन, बिस्तारै सवार गर
मैले काँडा टेकेर हिँड्ने, सामर्थ्य राखेको छु
ठिकै छ तिमी छाती, टेकेर वारपार गर
ए ! समय तिम्रै पर्खाइमा मैले जवानी सकें
आज म पनि हतारमा छु, थोरै इन्तजार गर ।
सृष्टि सावित्रा