• २०८३ बैशाख ११, शुक्रबार

शुभ दिन !

धनराज गिरी

धनराज गिरी

बादशाह हो ऊ, आफ्नो एरियाको । “राजा” आमाको । नाम, उही, प्रोफेसर” धर्मेन्द्रराज युवराज विवेकनारायण शहीदश्री” — भिडिओ कल आयो, उल्टो भयो, प्रोफेसरलाई कल आयो, यो अचम्म भयो, नत्र भने प्रोफेसर दमकनारायण पर्याश्री नेपाली डेरिडा बाहेक उसलाई कसैको पनि भिडिओ कल आउन्न ! मतलब राख्दैन । आज, यो निरन्तरतामा क्रमभङ्ग गर्ने पात्र” राजकुमार चतुर्वेदी मदनपुरे बर्मेली यायावरश्री ! “दाजु, शुभ दिन !” अति खुशी भएर । “शुभ दिन भाइ, आज त तीन छक्क यो दाइ, मलाई यो भिडिओ कल आएको अचम्म लाग्छ । भन अनुज, यो उपयोगहीन पात्र, यो ओइलाएको फूलको सम्झना कसरी भयो ? “प्रोफेसर बादशाह !” दाजु, हजुर त बादशाह, सम्राट्— पवित्रताको अर्को सगरमाथा ! हजुरसित भेट भएपछि आफ्नै अभिभावक भेटेजस्तो लाग्छ । शुभ दिन, शुभ दिन, एक कटाक्ष हो दाजु, एक पात्र, जो पहिले कहिल्यै वास्ता गर्दैनथियो,ऊ अचेल दिनमा तीन पटक “शुभ दिन !” भनेर साखुल्ले बन्छ,किन कि उसलाई उसको” अभीष्टधामसम्म” पुर्याउने “रहबर” म बन्नसक्छु,भन्ने कुरा चाल पाएछ । दुनियाँ कस्तो छ दाजु, अचम्म लाग्छ ! यही भन्न हो दाजु ! “यायावरश्री । “हा हा हा, ल सुन, एक, म स्कूलमा हेडसरको दाहिने हात, टेस्ट परीक्षा नजीक आएपछि धेरै अभिभावकको बिन्तीपत्रे अनुहारसहितको नमस्कार निस्सीम ! छोरी दङ्ग पर्ने । त्यो युग सकियो । अनि आयो अर्को युग, म मदनपुर र पदमनगरतिर पनि सम्बन्ध भएको एक पात्र, यी पर्यटकीयनगरीसम्म पुग्न चाहने साहित्यिक पर्यटकहरू मलाई अति भाउ दिने, यति भाउ दिने कि म आफैं कुनै मुलुकको युवराजजस्तो । तर, पछिपछि मेरो पञ्चायतकाल सकिएर गणतन्त्र आयो भन्ने चाल पाएपछि त सबै बिहानीको ताराजस्तो । दुनियाँको नियम यही हो भाइ, बलेको आगो ताप्ने ! सामान्य कुरा हो । अब त जे पनि सहज लाग्नथाल्यो बाबै, उही “साका” जस्तो । सम्पूर्ण धरावासीहरूको लीला अनुरूप ! केही छैन । अब त मनमा “निहिलिजम !” आफूमा रमाउने, एक्लै एक्लै एक्लै, सुकर्म टोलश्री जस्तै ! मेरै मितवा प्रोफेसर जगमोहन आजाद सुमेधाश्रीजस्तै ! शुभ दिन भाइ ! “प्रोफेसर ।” शुभ दिन दाजु, हे हे हे !! “यायावरश्री । वार्ता सकियो ।


धनराज गिरी