समाचार
काठमाडौं ।
सुनकोशी वाङ्मय प्रतिष्ठानले चिवहाल परिवार, ठमेलको सहकार्यमा आयोजना गरेको कविता वाचन कार्यक्रममा कविहरू डा. अनन्त अधिकारी र सरस्वती चिमौरियाले आफ्ना १० र १० वटा कविता वाचन गरेका छन् ।
ठमेलमा आयोजित कार्यक्रममा चिकित्सक डा. अधिकारीले ‘नयाँ वर्ष’, ‘काठमाडौं र काठमाडौंहरू’, ‘सवाइवल नोट’, ‘गनगने लोग्नेको श्रीपेच’, ‘पाउजु नामको स्वतन्त्रता हुँदैन’,‘बासङ्ग आग्रह’लगायत कविता वाचन गरे ।कवि चिमौरियाले ‘वर्तमानको सारथी म’, ‘देश त संघीयतातिर जाँदै छ नि’, ‘आमा’, ‘आउ एउटा पार्टी खोलौँ’, ‘ओ मेरो छोराकी प्रेमिका’लगायत कविता वाचन गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि कवि, साहित्यकार उषा शेरचनले दुवै कविका कविताहरूले मनलाई छोएको बताउँदै सुन्दर बिम्वको प्रयोगले कविता बलियो भएको चर्चा गरिन् । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले दुवै कविका युगबोध हुने खालका कविताहरू सुन्दर रहेको बताए ।
