मेरा आत्मीय छिमेकी र भूतपूर्व मार्क्सवादी
जससँगै म हुर्केको हुँ,
उनी पहिले गरीब किसान र मजदूरको पूजा गर्थे
पछि मातृभूमि- पूजक राजनीतिज्ञ बने
र हाम्रो जाती र मातृभाषामाथि देखिएको
खतराको गहन चिन्ता गर्नथालें
केही दिनअघि भेट्दा भन्नुभो-
‘कविता लेख्छौ, ठिकै हो
तर आफ्नो मातृभूमिका लागि पनि केही गर्ने सोच !’
म जस्तै अर्को कवि- साथीले प्याटै भन्यो-
‘तिमी आफैले मेरा कविताहरूको अनुवाद गरेका थियौ
ति अझै तिम्रो खाटमुनि उपेक्षित छरिएका छन्
कोशिस गर कि तिनीहरू कतै छापिउन्
के थाहा कुन्नी, एकदिन म यत्तिकै मरौं ।’
समयले परास्त र दुखी मेरी श्रीमति
छोरीको बढिरहेको रूखोपन सहँदै भन्छिन्
‘अरूको त थाहा छैन, तर के गर्नु
छोरी त आफ्नै हो- उसको पीर त लाग्छ नै ।’
आफ्नै कुकर्महरूको भारीले थिचिएको म
बोल्ने अधिकार त मैले उहिले नै गुमाइसकेको छु
तर कमिला र चराहरूसँग म अझै बोल्ने गर्छु ।
अहिले, केही दिन अघि मात्र
लड्दै गरेको एउटा रूखले अंतिम साँस फेर्दै
आफ्नो प्राणंतक पीडाको कथा सुनायो
र मैले उसको मर्मलाई आत्मसात गरें ।
अनुवाद: राजेन्द्र शलभ