समाचार
काठमाडौँ ।
‘एपेक नेपाल’ ले २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’लाई ५१,००० राशीसहितको ‘विश्वज्योति काव्य सम्मान’ तथा नवोदित स्रष्टा हिमा रोका ‘प्रतिज्ञा’ लाई ‘विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’ कार्यक्रमका प्रमुख अतिथि अभि सुवेदीले सो सम्मान तथा पुरस्कार समर्पण गरे ।
समारोहमा विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार द्वारा पुरस्कृत कृति सभाध्यक्ष विश्वविमोहन श्रेष्ठ, प्रमुख अतिथि अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, मञ्जुल, उषा शेरचन, रश्मि शर्मा, सुधाकर पाठक, राजेन्द्र सलभ, कृतिकार रोकाले कृतिको सामूहिक लोकार्पण गरे । कार्यक्रममा पाण्डुलिपिका निर्णायक श्रीओम श्रेष्ठ रोदनले कृतिकार रोकाको परिचय राख्दै प्रतिज्ञा लघुकथामा निकै सशक्त लघुकथा हरू समेटिएको बताउँदै कृतिकारलाई बधाई तथा शुभकामना दिएका थिए ।
समारोहमा भारतीय साहित्यकार तथा हिन्दुस्तान भाषा अकादेमीका सुधाकर पाठकले प्रतिज्ञा लघुकथासङ्ग्रहलाई हिन्दीमा अनुवाद गरेर कृति प्रकाशन गरी दिल्लीमा लोकार्पण गर्ने विचार राख्दै आयोजकसमक्ष अनुमति मागेको साहित्यकार लता केसीले बताइन् । कार्यक्रममा नेपाली हिन्दी कवितासंग्रह “अनुभूति” पनि लोकार्पण गरिएको थियो । उक्त संग्रहमा नेपाल र भारतका ३१/३१ कविका नेपाली र हिन्दीमा लेखिएका १२४ कविता सङ्गृहीत छन् । कार्यक्रमको सञ्चालन लिला अनमोलले गरेकी थिइन् ।”
