• २०८१ माघ २ बुधबार

दिदी भगवती !

धनराज गिरी

धनराज गिरी

सूर्योदयपछि दुई मित्र बिहानीको पैदलयात्रामा निस्किन्छन् । शिवालय र सीताराम मन्दिरपछि भगवतीको मन्दिरमा पुग्छन् । भगवती दिदीको भाइ, प्रोफेसर गालिबेश्वर आशुतोष मीर जमीरनारायण गजलोपाध्याय जनकश्री र प्रोफेसर हरिद्वारेश्वर पर्वतनारायण हेमाङ्ग दीक्षित रघुरामोपाध्याय अर्जुनश्री, जोर पूर्व मूली, शारदाधाममा, सफल आफ्नो काममा, सम्पूर्ण सफल ।

सी जी मा सी जी, हजुरको यो फ्रेजको क्रेज चम्कियो अस्ति विनोदपुर शिवालयमा ! पाका मित्र, अर्जुनश्री ।  यो त केही होइन दादाजान, तर एउटा कुरा हजुरले मलाई किन मनपराउनु भएको रुम अलि अराजक मान्छे अरे ! ? जनकश्री । आम्मै, म अलि कस्तो कस्तो स्वभावको मान्छे, पक्का, अरे साथी, यो दुनियाँमा मैले अति मन नपराउने एउटा मान्छे छ, त्यो म, म आफैं, मेरो हबिब र रकिब म आफैं, तर साथी, हजुरको लीला सम्मोहनकारी, एक त  भगवतीको अनुज त्यसै मनपर्ने, अनि मेरा लवकुश को वाल्मीकि, त्यो भन्दा पनि कोलकाता र त्यो घाम, त्यो तातो पीच रोड, ती जोर पाउ, पाउपोश विनाका, साथी, मित्र, बानी विचित्र, यो सरलताको दीवाना को हुन्न यार, हो गया प्यार, हजुर त मेरो जीवनको उज्यालो, प्रकाश, विनोदीजीको कविता र विराट युद्धको अर्जुन हाम्रा साझा कुराहरूको राज हामीलाई थाहा छ, मलाई मनपर्यो, अरूले जे सुकै गरून् ।

अपवाद र अति बाहेक, अन्याय भएमा, मेरो रफि, मेरो किशोर, मेरो मुकेशले कसैको बारेमा नकारात्मक कुरा गरेको मलाई थाहा छैन, हजुर त सकारात्मकताको धौलागिरि हो, मेरो लागि, अरूको के मतलब ! ? होइन त ? पग्लिए साथी, सगरमाथा बनेर अग्लिए साथी । राम्रोलाई राम्रो भन्न पात्र पनि राम्रो हुनुपर्छ ! जनकश्रीले सोच्यो । उज्यालो अनुहार बनायो र बोल्यो ।

भगवती दिदीको तालिम हो यो, उनी मेरी गुरु, सिनेमा, उपन्यास, धार्मिक ग्रन्थहरूतिर मेरो ध्यान मोडिदिएको कान्छी दिदीले, दाजी मित्र, हाम्रो नाता पर्वत जस्तै अटल । र, एउटा कडा प्रस्ताव, चित्त नबुझेको कुरा एकान्तमा हाकाहाकी, उज्यालो प्रकाशलाई, अरूको सामुन्नेमा हाईलाइट, किन कि राम्रो कुराको प्रचारप्रसार नभए नराम्रो कुराले राज गर्नेरहेछ । ताल पे ताल मिला जमानानुसार कलाकार त बन्नुपर्छ नै, नत्र भने, उही हुन्छ, जसले समाजलाई गुमराह बनाउने पक्का ! बनाएको छ । प्रोफेसर कान्छो, जनकश्री ।

भगवती र गोपाल, गोपालनन्दन, मेरा लागि कोहेनूर, हाम्रो साझा कविता, गीत गजल, कुरा मिल्छ का ! हजुर त मनराज, दिलराज, सघनराज, अझ (RKSG) पनि, होइन, ती प्रोफेसर जगमोहन आजाद अचेल कता हराए ? छत्तीसनामी अरे, तिनी पनि यूनिक मान्छे, पौने शहीद, रामानुज, कता गए भन्चु ! ? पाका प्रोफेसर ।

प्रोफेसर जगमोहन आजादका बारेमा डा. पीटर डिसुजा निर्दोष जीवनले शोध गर्दैछ, अचेल बैकुण्ठनगरबाट सरुवा भएर चर्चालयमा सरे, अरे । प्रोफेसर सन्झोटेश्वर महादेव पदमपुरेसित । प्रोफेसर कान्छो । लौ त मित्र, धेरै यात्रा भयो । आज मन चङ्गा भयो । गीत अर्को दिन सुन्ने,सौम्यनारायण प्रभाकान्त प्रशान्तसहित । आजलाई, राम, राम बलराम ! जय श्रीराम ! पाका र अशोकको काका अलग भए, सम्पूर्णमा आज एक बजे भेट हुने भनेर, दैवी उपलब्धी, ७४ मिनेट घुम्दा, कसैको पनि कुरा काटेनन् । कथा सकियो ।


धनराज गिरी