• २०८२ चैत्र १९, बिहीबार

‘अविरल जनसाहित्य यात्रा’को १०७ औँ विशेष शृङ्खला सम्पन्न

काठमाडौं ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष पुतलीसडक, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०७ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा नारायण निरासीका एक दर्जन कविता गुञ्जिए ।

नेपाली प्रगतिशील साहित्यमा पनि छन्दा बचाउ अभियानका अभियन्ता वरिष्ठ साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सङ्घका सचिव सोमनाथ दहालले सञ्चालन गर्नुभएको उक्त समारोहमा प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा.देवी क्षेत्री दुलाल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्रा.डा.बद्रीविशाल पोखरेल, प्रभाती किरणलगायत कविनायकका इष्टमित्र तथा अन्य कवि, साहित्यकारहरू एवम् साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।